कोशी प्रदेशको मुख्यमन्त्रीका लागि थापाको दाबी पेस

विहीबार, २१ असार २०८०
विराटनगर । कोशी प्रदेशमा मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले ४७ सांसदसहित दाबी पेश गरेका छन् । प्रदेश प्रमुख परशुराम खापुङसमक्ष सभामुखसमेत ४७ सांसदको नामसहित थापाले मुख्यमन्त्रीका लागि बिहीबार दाबी पेश गरेका हुन् । थापालाई माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी) का सांसदले साथ दिएका छन् । माओवादी केन्द्र र जसपाले नेकपा एमालेका हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता गरेसँगै प्रदेश सभामा लिएको विश्वासको मत असफल भएका थिए । त्यसपछि अर्को सरकार गठनका लागि प्रदेश प्रमुखले आह्वान गरेका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार