मुख्यमन्त्री थापाको शपथग्रहण आज, सानो आकारको मन्त्रीमण्डल बनाउने

शुक्रबार, २२ असार २०८०
विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले आज पद तथा गोपनियताको शपथग्रहण गर्दैछन् । विराटनगरस्थित प्रदेश प्रमुख परशुराम खापुंगले बिहान ९ बजे नवनियुक्त मुख्यमन्त्री थापालाई शपथग्रहण गराउने कार्यक्रम छ । सपथग्रहण गरेसंगै ३ देखि ४ संख्याको मन्त्रीमण्डल विस्तार हुने जनाइएको छ । मन्त्रीमण्डलको विषयमा छलफल भइसकेको उल्लेख गर्दै काँग्रेसका एकजना प्रदेश सभा सदस्यले पहिलो चरणमा कांग्रेससहित माओवादी केन्द्र, एकीकृत समाजवादीबाट मन्त्री बन्ने बताए । तत्कालका लागि बिना विभागीय मन्त्री बनाउने सम्भावना छ । स्रोतका अनुसार माओवादीबाट पूर्वमन्त्री दुर्गा चापागाई, एकीकृत समाजवादीबाट पाँचथरका कमलप्रसाद जबेगु र काँग्रेसबाट ओखलढुंगाका प्रदीप सुनुवारको मन्त्रीमा सम्भावना छ । यस्तै, काँग्रेसबाट डा. शेखर कोइरालानिकट इलामका शमसेर राईको पनि चर्चा छ । काँग्रेसबाट सुनुवार र राई मध्ये एकजना मन्त्री हुनेछन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार