मुख्यमन्त्री थापा र दुईजना मन्त्रीले लिए शपथ

शुक्रबार, २२ असार २०८०
विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनियताको शपथ लिएका छन् । शुक्रबार बिहान उनलाई प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्री थापालाई शपथग्रहण गराएका हुन् । मुख्यमन्त्री थापाले दुई मन्त्रीसहित शपथ लिएका हुन् । तीन सदस्यीय प्रदेश सरकारमा दुईजना बिनाविभागीय मन्त्री बनेका छन् । नेकपा (एकीकृत समाजवादी) बाट पाँचथरका कमलप्रसाद जबेगू र नेपाली कांग्रेसबाट ओखलढुंगाका प्रदीप सुनुवार मन्त्री बनेका छन् । सभामुखलाई सरकार गठनको प्रक्रियामा संलगन गराएपछि विवादमा परेको नेकपा (माओवादी केन्द्र) ले भने सरकारमा सहभागिताबाकरे निर्णय गरेको छैन । जनता समाजवादी पार्टी (जसपा) ले भने पहिचानको मुद्दालाई लिखित रुपमा सम्बोधनको सुनिश्चित नगरिकन तत्काल सरकारमा नजाने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार