मधुमल्लामा कविद्वय देवान किराती र सुन्दर कुरुपका कविता

आइतबार, ०३ पुस २०७९
उत्तरी मोरङको मिक्लाजुङ गाउँपालिकामा पर्ने मधुमल्लामा कविद्वय देवान किराती र सुन्दर कुरुपले कविता सुनाएका छन् । मिक्लाजुङ साहित्य समाजले आयोजना गरेको सृजना अनावरणको नवौं शृङ्खलाअन्तर्गत कवि किराती र कुरुपले आफ्ना कविता सुनाएका हुन् । कवि किरातीले सत्य, मृत्युको गुलाब, निमन्त्रणा, पुरानो प्रेम, रोटी, ढुङ्गा हुन पाए, वर्षको अन्तिम साँझ, मन्दिर र चिहान, षड्यन्त्र शीर्षकका कविता सुनाए । यस्तै, कवि कुरुपले काठमाडौंको साँझ, फूलकुमारी चौक, सोल्टीनी साइँली, गितार, बाटो, बाउ, खतरनाक मान्छे, फेरि पनि शीर्षकका कविता सुनाए । मिक्लाजुङ साहित्य समाजका अध्यक्ष गगन योक्पाङ्देनले अनुसार आगामी दिनमा साहित्यका गतिविधिलाई निरन्तरता दिइने बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार