विश्वकप प्रतियोगिताकै उत्कृष्ट खेलाडी बने मेस्सी

सोमबार, ०४ पुस २०७९
विश्वकपको सुरुवात देखि नै उत्कृष्ट प्रदर्शन गरेका विश्वविजेता अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सी विश्वकपको एतकृष्ट खेलाडी घोषित भएका छन् । लियोनल मेस्सीकै उत्कृष्ट प्रदर्शनमा अन्तत ३६ वर्षपछि अर्जेन्टिनाले उपाधि चुमेको छ । गोल्डेन बुटको समेत दावेदार रहेका मेस्सी अन्तत गोल्डेन बुटमा भने पछी परे उनले ७ गोल गर्दा फ्रान्सका केलिएन एम्वाप्पेले ८ गोल गरे र गोल्डेन बुट अवार्ड हात परे । तर प्रतियोगिताकै उत्कृष्ट खेलाडी भने मेस्सी नै घोषित भए । प्रतियोगिताको उत्कृष्ट खेलाडी बन्दै उनले गोल्डन बलको अवार्ड हात पारेका हुन् । मेस्सीले यो अवार्ड जितेको दोस्रो अवसर हो । सन् २०१४ को विश्वकपमा अर्जेन्टिना उपविजेता बन्दा पनि मेस्सीले यो अवार्ड जितेका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार