नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको बैठक आज

सोमबार, ०४ पुस २०७९
नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको बैठक आज बस्दैछ । आइतबार बसेको पार्टीको केन्द्रीय सचिवालयको बैठकले आजका लागि बैठक बोलाउने निर्णय गरेको थियो । पार्टी कार्यालयमा दिउँसो १ बजे बस्ने बैठकले दलको नेता चयन गर्नेछ । नेकपा (एकीकृत समाजवादी) का १० जना सांसद छन् । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको सचिवालय बैठकले समसामयिक राजनीतिक परिस्थितिको बारेमा छलफल गरी गठबन्धनमा रहेका र रहन सक्ने राजनीतिक दलहरूसँग छलफल अगाडि बढाउने निर्णयसमेत गरेको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार