काठमाडौं । साउन पहिलो सातासम्म देशभर ६८ प्रतिशत रोपाइँ सकिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार यस वर्ष समयमै वर्षा नहुँदा विगतको तुलनामा कम रोपाइँ भएको हो ।
गत वर्ष साउन ५ गतेसम्म ८८ प्रतिशत रोपाइँ सकिएको थियो ।
मधेश प्रदेश, बागमती र गण्डकीमा मनसुन प्रवेशमा ढिलाइ हुँदा रोपाइँमा असर परेको कृषि मन्त्रालयले जनाएको छ ।
त्यस्तै गोरुमा लम्पी स्कीन रोग देखिएका कारण पनि रोपाइँमा ढिलाइ भएको जनाइएको छ ।
मध्य तराइमा साउन मध्यसम्म नै रोपाइँ हुने गरेकाले यसवर्ष ९५ प्रतिशतसम्म रोपाइँ हुने मन्त्रालयको दाबी छ ।
सिँचाइ पुगेका खेतमा समयमै रोपाइँ भए पनि आकाशे पानीको भरमा रोपिने खेतमा अझै पूर्णरूपमा रोपाइँ हुन सकेको छैन ।
पर्याप्त वर्षा नहुँदा रोपाइँ प्रभावित भएको र मुख्य गरी मधेस प्रदेशमै रोपाइँ कम भएकाले यस वर्ष धान उत्पादन घट्न सक्ने अनुमान गरिएको छ ।
प्रतिक्रिया