लडेर महिलाको मृत्यु

सोमबार, ०८ साउन २०८०
खोटाङको ऐंसेलुखर्क गाउँपालिका–४ जलेश्वरीकी ४५ मेकमाया तामाङको लडेर मृत्यु भएको छ । ऐंसेलुखर्क बजारमा किलमेल गरेर घर फर्कनेक्रममा स्थानीय कटुन्जे खोलामा लडेर तामाङको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय ऐंसेलुखर्कको टोली जाँदा खोलाभित्रको ढुंगामा मृत फेला परेकी प्रहरी नायव उपरीक्षक मन्जिल मुकारुङले बताए । मृतकको आइतबार पोस्टमार्टपछि आफन्तले जिम्मा लिएको डिएसपी मुकारुङले बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार