दुई वर्षीय बालकको मृत्यु ‘रहस्यमय’

सोमबार, ०८ साउन २०८०
झापा । झापामा दुई बर्षीय एक बालकको मृत्यु रहस्यमय बनेसँगै प्रहरीले शब परीक्षणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको छ । बिर्तामोड नगरपालिका–७ निवासी रवि मियाँका दुई वर्षीय छोरा मोहमदको रहस्यमय मृत्यु भएसँगै शव धरान पठाएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक सुरज कार्कीले जानकारी दिए । बालककी आम १० दिनअघि घर छाडेर बेपत्ता भएकी थिइन् । त्यसपछि बालक उनी बुवा र हजुरआमाको हेरचाहमा थिए । उनी सोमबार बिहान मृत फेला परेको र उनको घाँटीमा धेरै कमिला देखिएपछि प्रहरीले शव परीक्षणका लागि धरान पठाएको जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार