निर्वाचनको खर्च विवरण नबुझाउने झापाका ५५ उम्मेद्वार कारवाहीमा

मंगलबार, ०९ साउन २०८०
झापा । निर्वाचनको खर्च बिवरण नबुझाउने झापाका ५५ उम्मेद्वार कारवाहीमा पर्ने भएका छन् । गत वर्षको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा उम्मेद्वार बनेकामध्ये ५५ जनाले खर्च विवरण सार्वजनिक नगर्दा उनीहरु निर्वाचन आयोगले कारबाहीको तयारी गरेको हो । उनीहरुलाई जनही १५ हजार रुपैयाँका दरले कारवाही गर्न लागिएको सार्वजनिक सूचना जारी गर्दै निर्वाचन आयोगले जनाएको छ । देशभरबाट प्रतिनिधिसभातर्फ १ हजार ३७ जना र प्रदेशसभातर्फ १ हजार ३ सय ९८ जनाउम्मेदवारलाई खर्च विवरण नबुझाएको भन्दै कारबाही गर्न लागेको हो । प्रतिनिधिसभा र प्रदेशसभातर्फ गरी जम्मा २ हजार ४ सय ३५ जनालाई आयोगले १५–१५ हजारका दरले जरिबाना तिर्न निर्देशन दिएको छ । साथै सातदिनभित्र खर्च विवरण बुझाउन पनि आयोगले निर्देशन दिएको छ । योसँगै खर्च विवरण बुझाउनेहरूको पनिनामावली आयोगले सार्वजनिक गरेको छ । हालसम्म प्रतिनिधिसभाका २ हजार ३ सय ७३ जना र प्रदेशसभाका ५ हजार ५ सय ६१ जनाउम्मेदवारले मात्रै खर्च विवरण बुझाएको आयोगले जनाएको छ । नेपाली कांग्रेसका गगनथापा, राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम, माओवादी केन्द्रकी ओनसरी घर्तीसहितका सांसदहरूको नाम पनि खर्च विवरण नबुझाउनेहरूको सूचीमा छ । यस्तै, आयोगले ७४ जना उम्मेदवारहरूसँग स्पष्टीकरण सोधेको छ । जसअन्तर्गत प्रतिनिधिसभा निर्वाचनका ३७ उम्मेदवार र प्रदेशसभाअन्तर्गत ३७ उम्मेदवारलाई स्पष्टीकरण सोधेको हो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार