धरानका युवा लागूऔषधसहित विराटनगरबाट पक्राउ

बुधबार, १० साउन २०८०
विराटनगर ।  सुनसरीको धरान घर भएका एक जना युवा बुधबार बिहान लागूऔषधसहित विराटनगरबाट पक्राउ परेका छन् । विराटनगर महानगरपालिका–१६ दरैयाबाट प्रहरीले धरान उपमहानगरपालिका–१८ का ३१ वर्षीय दिवस लिम्बूलाई पक्राउ गरेको हो । भारतको जोगवनीबाट लागूऔषध लिएर को ४ प ६५४२ नम्बरको मोटरसाइकलमा आउँदै गर्दा बिहान १० बजेतिर लिम्बू पक्राउ परेका हुन् । लागूऔषध नियन्त्रण ब्युरोको टोलीले शंका लागेर खानतसाली गर्दा साथबाट लागूऔषध स्पास्मो प्रोक्सिभन ५ सय ७६ ट्याब्लेट, नाइट्रोसन १ सय ट्याब्लेट र डाइलेक्स डीसी २ बोतल फेला परेको थियो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले साथबाट लागूऔषध बरामद भएपछि लिम्बूलाई पक्राउ गरिएको जानकारी दिए । लिम्बूलाई इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ । उनीविरुद्ध लागूऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार