“यो रोड सफा राख्दा विमानबाट आउने आगन्तुकमा विराटनगरप्रति सकारात्मक प्रभाव पर्छ,” उनले भने, “मेयर साबको नेतृत्वमा १९ वटै वडामा सरसफाई अभियान जारी छ । सो अभियानअन्तर्गत आज यो रोड सफा गरेका हौं ।” सडकमा रहेका फोहोर र धुलो सफा गर्नुका साथै दमकल प्रयोग गरेर सडकलाई पखालिएको थियो ।
सरफाई अभियानमा महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइराला, वडा सदस्यहरुको समेत उपस्थिति रहेको थियो । धरानरोडदेखि एयरपोर्ट गेटसम्म सफाई गरिएको थियो ।
महानगरले सुरु गरेको अभियानका कारण स्थानीयसमेत हर्षित भएका छन् । रोडको सौन्दर्यकरण अभियान अन्तर्गत बिभिन्न स्थानमा सडक बत्ती लगाउने, टायल विछ्याउने लगायतका पुर्र्वाधार बिकासका कामहरुले समेत गति लिइरहेको छ ।
प्रतिक्रिया