कोशीमा नयाँ सरकार बनाउनेबारे शीर्ष नेताबीच छलफल

शनिबार, १३ साउन २०८०
काठमाडौं । नेपाली कांग्रेस र माओवादी केन्द्र कोशीका सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर निकास खोज्ने प्रयास गर्ने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान दुई दलका नेताबीच यो विषयमा छलफल भएको जनाइएको छ । कोशीका सभामुख गौतमलाई राजीनामा गर्न लगाएर नयाँ सरकार बनाउनु उत्तम विकल्प हुनेमा दुई दलबीच सहमतिको प्रयास भइरहेको नेताहरुले बताएका छन् । सभामुखलाई राजीनामा गराएपछि मुख्यमन्त्री कसलाई बनाउने विषयमा पनि छलफल भइरहेको जनाइएको छ । कांग्रेसका उद्धव थापालाई नै मुख्यमन्त्री बनाउने कि नयाँ व्यक्ति अघि सार्ने कुरामा सहमति बन्न बाँकी रहेको नेताहरुको भनाइ छ । यी विषयबारे टुंगो लगाउने फेरि बैठक बस्ने सहमति भएको जनाइएको छ । यसैगरी समर्थन जुटाउने उद्देश्यले राप्रपासँग पनि छलफल गरिने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुुर खड्का, महामन्त्री विश्वप्रकाश शर्मा, नेता कृष्णप्रसाद सिटौलालगायत सहभागी थिए । अदालतले गठबन्धनबाट कोशी प्रदेशको मुख्यमन्त्री बनेका थापालाई पदमुक्त गरेपछि प्रदेश प्रमुखले नयाँ सरकार बनाउन आह्वान गरेका छन् । गठबन्धनलाई बहुमत संख्या ४७ पुर्‍याउन सभामुखलाई राजीनामा गराएर मात्रै सम्भव छ । ९३ सदस्यीय कोशी प्रदेश सभामा एमालेको ४० र राप्रपाको ६ सिट छ । कांग्रेसको २९, माओवादीको सभामुखसहित १३, एकीकृत समाजवादीको ४ र जसपाको एक सिट छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार