मोरङमा भारतीय मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

आइतबार, १४ साउन २०८०
विराटनगर ।  मोरङमा पिपलको रुखमा ठोक्किएर भारतीय मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । धनपालथान गाउँपालिका–४ मा शनिबार राति ९ः२० बजेतिर दुर्घटना भएको हो । प्रहरीका अनुसार भित्री सडकखण्ड हुँदै उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको बीआर ५० डी ८५४६ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर सडक छेउको पिपलको रुखमा ठोक्किएको थियो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले दुर्घटनामा मोटरसाइकल चालक धनपालथान–२ का ३५ वर्षीय सीताराम मण्डलको मृत्यु भएको जानकारी दिए । गम्भीर घाइते भएका मण्डललाई उपचारका लागि विराटनगरको गोल्डेन अस्पताल ल्याइएको थियो । अस्पताल पु¥याउनसाथ चिकित्सकले राति १० बजेतिर मृत घोषित गरेको प्रहरीले जनाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट तीव्र गतिका कारण मोटरसाइकल दुर्घटनामा परेको पत्ता लागेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार