निर्माण व्यवसायीद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना  

आइतबार, १४ साउन २०८०
इलाम  । निर्माण व्यवसायीहरू आन्दोलित भएका छन् । निर्माण कार्यमा भुक्तानी र म्याद थप लगायतका ९ बुँदे मागसहित आन्दोलन उनीहरुले आज जिल्ला प्रशासन कार्यालय इलाममा घेराउ गरेका छन् ।
आफ्ना मागका बिषयमा यस अघि समेत सम्वन्धित पक्षलाई जानकारी गराइएको तर बेवास्ता भएपछि आन्दोलनमा उत्रीनु परेको निर्माण व्यवसायी संघका कोषाध्यक्ष सन्तोश भक्तराजले बताए । उनले माग पुरा नहुन्जेलसम्म आन्दोलन गर्ने समेत जनाएका छन् । प्रदर्शनमा व्यवसायीहरुले बीमा निर्देशिका २०७८ खारेज गर्नुपर्ने, जुनसुकै अवधिको ठेक्काको मूल्य समायोजन गर्नुपर्ने, विभिन्न निकायमा काम गरे बापतको रकम तुरुन्त भुक्तानी गर्नुपर्ने लगायतका नारा लेखिएका ब्यानर र प्लेकार्ड समेत बोकेका छन् । उनीहरुले आफुहरुले शान्तिपुर्ण रुपमा प्रदर्शन गर्ने जनाएका छन् ।
यसअघि पनि जिल्ला प्रशासन कार्यालय इलाममा आफ्ना मागका बिषयमा प्रमुख जिल्ला अधिकारीलाई मागपत्र बुझाउँदै ध्यानाकर्षण गराएका थिए । 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार