‘कोशीमा सहमतीय सरकार बनाउन सकिन्छ’

सोमबार, १५ साउन २०८०
झापा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले कोशी प्रदेशमा सरकार निर्माण गर्न सभामुखले राजीनामा दिनु नपर्ने बताएका छन् । सर्वाेच्च अदालतले संविधानको व्याख्या नगरेको अवस्थामा सभामुखले संवैधानिक, कानूनी र नैतिक रुपमा सरकार गठनका लागि राजीनामा दिनु नपर्ने उनले बताए । झापाको बिर्तामोडमा प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री किरातीले राजनीतिक निकासका लागि सरकार बनाउन असहज परेको अवस्थामामात्रै सभामुखले राजीनामादिएर बाटो खुलाउन सक्ने बताए । उनले सबै दल मिलेर राष्ट्रिय सहमतिमा सरकार बनाउन सकिने बताए । कोशी प्रदेशको सरकार गठनका लागि सहमतीय सरकार बनाउनु पर्ने मन्त्री किरातीको सुझाव छ । फरक प्रसंगमा बोल्दै मन्त्री किरातीले संसद अवरुद्ध गरेर कुनै पनि समस्याको समाधान नहुने बताए । उनले भने ‘संसदले नै नीति बनाउने हो तर यहाँ जे कुरामा पनि संसद अबरुद्ध भइरहेको छ । यो कार्य गलत हो ।'

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार