यस्तो अवस्थामा व्यवसायी भाग्नुको साटो अनुगमनलाई सहयोग गर्नुपर्ने नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको भनाई छ । ‘गलत काम गर्नेलाई मात्रै कारबाही गर्ने हो । अनुचित तरिकाले व्यापार व्यवसाय गर्नेलाई कानुनी दायरामा ल्याउनु राज्यको दायित्व नै हो,’ उनले भने ‘व्यवसायी पनि उपभोक्तामैत्री बन्नुपर्छ । अनुगमन टोलीलाई सहयोग गर्नु व्यवसायीको पनि दायित्व हो ।’
व्यवसायीका नेताकै पसल र गोदामबाट लाखौँ रुपैयाँको अखाद्य बस्तु जफत
अनुगमन टोलीले सोहि क्षेत्रमा रहेको भूमि ट्रेडर्सबाट लाखौँ रुपैयाँ मूल्य बराबरका म्याद नाघेका सामान जफत गरेको छ । उक्त ट्रेडर्स मेची उद्योगा बाणिज्य संघ मेचीनगरका उद्योग उपाध्यक्ष भूमि पौडेलको हो ।
भूमि ट्रेडर्सबाट अनुगमन टोलीले म्याद ग्रुजिएका रियल जुस १ लिटरको १४ काटन, रियल जुस २०० एमएलको ७ काटन, गुट्खा १ बोरा,घरेलु तोरी तेल आधा लिटरका ५ काटन, दुर्गा खाने सोडा ५० ग्रामका १४० पाकेट, दुर्गा खुर्सानी धुलो २०० ग्रामको २० पाकेट, कन्काई चियाँ १ केजीको एकजार, क्रिमफिल्स चकलेट २ बट्टा जफत गरेको घरेलु तथा साना उद्योग कार्यालय झापाका प्रमुख सापकोटाले जानकारी दिए । उनले पहिलो पटक ट्रेडर्स सञ्चालकलाई सम्झाई बुझाई गरेको र पुनः यस्तै घटना दोहोरिए कानुनी कारवाही गर्ने दाबी गरे ।
व्यवसायीका नेताकै पसल र गोदामबाट लाखौँ रुपैयाँको अखाद्य बस्तु जफत हुनु दुखदः घटना भएको प्रतिक्रिया संघका अध्यक्ष खेमराज प्रसाईले दिए । टोलीले धुलावारी बजारैमा रहेको पौडेल किराना पसलबाट समेत म्याद गुज्रिएका खाद्यवस्तु वरामद गरेको थियो ।
पौडेल किराना पसल पनि उनकै रहेको बताइएको छ । यसरी जफत गरिएका सामान सबैको उपस्थितिमा नष्ट गरिने कार्यालय प्रमुख सापकोटाले बताए । बरामद भएका अखाद्य र मिति सकिएका सामग्री कानुनी प्रक्रिया पालन गरेर सबैको रोहबरमा गाड्ेर नष्ट गर्नेछौं’ उनले भने ।
अनुगमनका क्रममा हेरिएका अन्य पसलमध्ये धेरैमा दर्ता, नवीकरण र खरिदबिक्री बिलमा समस्या देखिएकाले तत्काल कारवाही स्वरुप ५ हजार रुपैयाँ जरिवाना गराईएको र कार्यालयमा सम्पर्कका लागि आउन भनिएको आन्तरिक राजस्व कार्यालय झापाका नायव सुब्बा एवम् टोलीमा सहभागी हर्कजीत राईले जानकारी दिनुभयो ।
अनुगमन टोलीले पसलमा पुगेर व्यवसाय दर्ता, राजस्व र अन्य प्रक्रियाबारे आवश्यक जानकारी दिएर सचेत गराइएको थियो । खरिदबिक्री बिल जारी नहुँदा व्यवसायको आर्थिक कारोवार परादर्शी नहुने र मूल्य र गुणस्तरमा उपभोक्ता ठगिने गरेको नासु राईको भनाई छ । गुणस्तर नापतौल कार्यालयका प्रतिनिधिहरुले विद्युतिय तराजुहरुको प्रयोग तथा त्यसको अद्यवधिकलगायतका विषयमा व्यवसायीहरुलाई जानकारी गराएका थिए ।
खाद्य स्टोर र अन्य पसलबाट अनुगमन र परीक्षणको क्रममा बरामद सामाग्री मेचीनगर नगरपालिका परिसरमा विभिन्न सरकारी तथा गैरसरकारी प्रमुख प्रतिनिधिहरुको रोहवरमा खाल्टो खनेर नष्ट गरिएको मेचीनगर नगरपालिकाका खाद्य अधिकृत दीपेन्द्र कार्कीले जानकारी दिए ।
अधिकाशं पसलहरु दर्ता रहेको तर अनुगमन क्रममा फर्म नियमानुसार नविकरण गर्नुपर्ने तर उक्त फर्महरुले नविकरण नगरेकाले उक्त फर्महरुलाई नविकरण गरी मात्र करोबार गर्न निर्देशन दिईएको नगर उपप्रमुख एवम् नगर स्तरीय अनुगमन समिति संयोजक उप्रेतीको भनाई छ ।
अनुगमन टोलीले मास भेराइटिज स्टोर्स, दास किराना पसल, जानकारी किराना पसल, मनोज किराना पसल, उमेश किराना पसल, लक्ष्मी किराना पसललगायत १५ वटा पसलको अनुगमन गरेको थियो । अधिकाँशमा मूल्यसूची नराखेको, म्याद गुज्रिएका लगायतका सामानहरु भेटिएका र सवै सामान जफत गरि नष्ट गरिएको थियो ।
प्रतिक्रिया