कोशीमा कांग्रेस र एमाले मिलेर सरकार बनाउन आग्रह

मंगलबार, १६ साउन २०८०
विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस र एमाले मिलेर सरकार गठन गर्न आग्रह गरेका छन् । मंगलबार विराटनगर विमानस्थलमा पत्रकारहरुसित कुरा गर्दै उनले यस्तो आग्रह गरेका हुन् । आफूले कांग्रेस र एमाले मिलेर आधा आधा गर्दा राम्रो हुन्छ भनेर सुझाव दिएको उनले बताए । उनले आफू कोशी प्रदेशमा सरकार निर्माणमा निर्णय हुने अन्तिम अवस्थामा मात्रै केही निर्णय गर्न सक्ने बताए । ‘कोशी प्रदेशमा कांग्रेस र एमाले अलगअलग बस्दा मात्रै हामी निर्णायक हौँ । त्यो परिस्थिति नल्याउन हामीले भनेका छौँ,’ लिङ्देनले भने, ‘संविधानको धारा १६८ को उपधाराहरुको प्रयोग गर्दै जाँदा अन्तिम चरणमा निर्णायक हिसाबले प्रस्तुत हुन सकिन्छ ।’

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार