सभामुखलाई राजीनामा गराएर अमर्यादित खेल खेल्न खोजेको आरोप

मंगलबार, १६ साउन २०८०
विराटनगर । नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्कीले कांग्रेसले सभामुखलाई राजीनामा गराएर अमर्यादित खेल खेल्न खोजेको बताएका छन् । विराटनगर विमानस्थलमा मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै एमाले संसदीय दलका नेता कार्कीले कांग्रेसले अर्मादित खेल खेल्न लागेको बताएका हुन् । राजनीतिक संकटबाट बाहिर निस्कन कांग्रेस र एमाले मिल्नुपर्ने भए पनि तत्काल सम्भावना आफूले नदेखेको उनले बताए । राजनीतिक संकट र राजनीतिक अस्थीरतालाई हल गर्न कांग्रेस एमाले एक ठाउँमा हुनुपर्छ आफ्नो मान्यता रहेको कार्कीले बताए । प्रदेश प्रमुखले सरकार गठनका लागि दिएको समय आज बेलुका ५ बजे सकिंदैछ । सत्तारुढ गठबन्धनले सभामुख बाबुराम गौतमलाई राजीनामा गर्न लगाएर सरकारमा दाबी पेस गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार