सभामुखलाई राजीनामा गराएर गठबन्धनले मुख्यमन्त्री दाबी गर्ने

मंगलबार, १६ साउन २०८०
विराटनगर । कोशी प्रदेशमा सरकार गठनका लागि बहुमत पुर्‍याउन सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिने भएका छन् । माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बोले सरकार गठनका लागि बहुमत पुर्‍याउन सभामुख गौतमले राजीनामा दिने बताए । गौतमले राजीनामा दिएपछि गठबन्धन दलबाट कांग्रेस नेता उद्धव थापाले प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गर्ने भएका छन् । सरकार गठनका लागि ९३ सदस्यीय प्रदेशसभामा ४७ सांसदको समर्थन आवश्यक छ । गठबन्धन दल कांग्रेसका २९, माओवादीका सभामुखबाहेक १२, नेकपा एकीकृत समाजवादी का ४ र जनता समाजवादी पार्टीका एक गरी ४६ मात्रै सांसद छन् । त्यहीकारण सभामुख गौतमलाई राजीनामा गराएर बहुमत पुर्याउन लागिएको हो । एमालेका ४० र राप्रपाको ६ प्रदेश सांसद छन् । सभामुख गौतमले राजीनामा दिएर गठबन्धन दलको सरकार बने पनि विश्वासको मत लिनुपर्ने हुन्छ । मुख्यमन्त्रीमा नियुक्त भएको मितिले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनु पर्छ । राप्रपाले समर्थन नगरेसम्म गठबन्धन दलबाट नियुक्त हुने मुख्यमन्त्रीले विश्वासको मत नपाउने अवस्था छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार