उद्योगीले भारतबाट धान आयातका लागि पहल गर्ने

मंगलबार, १६ साउन २०८०
काठमाडौँ । भारतले धान, चामल निर्यातमा प्रतिबन्ध लगाएका बेला नेपाल चामल तेल–दाल उद्योग संघले सरकारसँग मिलेर नेपालमा आयातका लागि पहल गर्ने भएको छ । काठमाडौंमा सम्पन्न संघको ४४ औं वार्षिक साधारणसभाले सो निर्णय गरेको हो । भारतका विभिन्न क्षेत्रमा धान रोपाइँ हुन नसकेको, मूल्यवृद्धि बढेको लगायतका कारण देखाउँदै भारत सरकारले निर्यातमा प्रतिबन्ध लगाएको हो । यसले नेपालको खाद्यान्न आपूर्तिमा समेत असर पर्ने अनुमान गरिएको छ । नेपालमा चामल अभाव हुन नदिन उद्योगीले सरकारसँग मिलेर पहल गर्ने निर्णय भएको नवनिर्वाचित अध्यक्ष कुमुदकुमार दुगडले जानकारी दिए । त्यस्तै संघले धान आयातमा १ प्रतिशत भन्सार दर कायम गर्नुपर्ने सुझाव सरकारलाई दिने भएको छ । नेपालमै धान उत्पादन बढाउन सरकारको सहयोगमा व्यवसायी र किसान मिलेर त्रिपक्षीय सम्झौता गर्नुपर्ने आवश्यकता संघले औंल्याएको छ । त्यस्तै कच्चा र तयारी दालमा कम्तिमा २ तहको आयात दर कायम गर्न पहल गर्ने, मुसुरोको दाल निर्यातमा दिइँदै आएको प्रोत्साहन कायम गर्न पहल गर्ने, दाल निकासी गर्दा लाग्दै आएको प्रतिकेजी १ रुपैयाँ निकासी शुल्क हटाउन पहल गर्ने निर्णय संघले गरेको छ ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार