कोशीको मुख्यमन्त्रीमा उद्धव थापाको दाबी पेश

मंगलबार, १६ साउन २०८०
विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले दाबी पेश गरेका छन् । उनले आफूलाई कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका गरी ४७ सांसदको समर्थन रहेको भन्दै मुख्यमन्त्रीमा नियुक्त गर्न माग गरेका छन् । सरकार गठनमा सहयोग पुर्याउने उद्देश्यले सभामुख बाबुराम गौतमले आजै पदबाट राजीनामा दिएका थिए । राजीनामापछि उनीसहित ४७ जनाको समर्थनमा थापाले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । प्रदेश प्रमुख परशुराम खापुङले मंगलबार साँझ ५ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार