कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री थापाको शपथ आज

बुधबार, १७ साउन २०८०
विराटनगर । दोस्रो पटक कोशी प्रदेशको मुख्यमन्त्री बनेका उद्धव थापाले आज पद तथा गोपनीयताको शपथ लिँदैछन् । प्रदेश प्रमुख परशुराम खापुङले उनलाई शपथ खुवाउने छन् । यसअघि असार २१ गते सभामुखलाई समेत हस्ताक्षर गराएर बहुमत जुटाउँदै थापा मुख्यमन्त्री बनेका थिए । सरकार निर्माण प्रक्रियामा सभामुखको संलग्नता असंवैधानिक हुने ठहर गर्दै सर्वोच्च अदालतले निणर्य उल्टाएपछि २२ दिनमै साउन ११ गते उनी पदमुक्त भएका थिए । मंगलबार (हिजो) तीनै सभामुखलाई पदबाट राजीनामा गराएर सत्तारुढ गठबन्धनले थापालाई पुनः मुख्यमन्त्री बनाएको हो । सर्वोच्चले थापाको अघिल्लो नियुक्ति बदर गर्दै सरकार गठन प्रक्रिया पुनः सुरु गर्न परमादेश दिएपछि प्रदेश प्रमुख खापुङले मुख्यमन्त्रीमा दाबी पेस गर्न मंगलबार साँझ ५ बजेसम्मको समय तोकेका थिए । ९३ सदस्यीय कोशी प्रदेश सभामा बहुमतका लागि ४७ सिट आवश्यक पर्छ । दोस्रो पटक मुख्यमन्त्री बनेका थापाले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनु पर्नेछ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार