सभामुखबाट राजीनामा दिएका गौतम मन्त्री बन्ने

बुधबार, १७ साउन २०८०
विराटनगर । कोशी प्रदेशसभाको सभामुख पदबाट राजीनामा दिएका बाबुराम गौतमलाई नेकपा माओवादी केन्द्रले मन्त्री बनाउने भएको छ । प्रदेश सरकार गठनका लागि बहुमत पुर्याउन उनले सभामुख पदबाट मंगलबार राजीनामा दिएका थिए । नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा नेतृत्वको सरकारमा गौतमलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिने तयारी गरिएको नेताहरुले बताएका छन् । माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बाबुराम गौतमलाई पार्टीले सरकारमा पठाइने बताए । सभामुखको राजीनामा गराएर बहुमत जुटाएपछि मंगलबार नियुक्त भएका मुख्यमन्त्री थापाले आज साँझ ५ बजे पद तथा गोपनीयताको सपथग्रहण गर्दैछन् । आजै सरकार साझेदार दलबाट सहभागी हुने मन्त्रीले पनि सपथग्रहण गर्नेछन् । सरकारमा को को सहभागी गराउने भन्नेबारे छलफल भइरहेको जनाइएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार