उपचाररत माधव नेपालाई भेट्न देउवा र प्रचण्ड अस्पतालमा

बुधबार, ०६ पुस २०७९
प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अस्पतालमै पुगेर नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसग भेट गरेका छन्  । त्रिवि शिक्षण अस्पतालमा उपचाररत अध्यक्ष नेपाललाई अस्पतालमै पुगेर प्रधानमन्त्री देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालले भेट गरेका हुन्  । नेपाललाई भेट्न आज  दिउँसाे देउवा र प्रचण्ड अस्पताल पुगेको प्रधानमन्त्रीको सचिवालय श्रोतले पुष्टि गरेको छ ।  उपचाररत नेपाललाई भेटेर उनिहरुले स्वास्थ्य लाभको कामना गरेका छन्  । रुघा खोकी साथै ज्वरो र छातीमा सङ्क्रमण देखिएपछि अध्यक्ष नेपाल मङ्गलवार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार