मुख्यमन्त्री थापाद्वारा कृष्णप्रसाद कोइराला र पुष्पलालको सालिकमा माल्यार्पण

विहीबार, १८ साउन २०८०
विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले प्रजातान्त्रिक आन्दोलनका धरोहर पुष्पलाल श्रेष्ठ र कृष्णप्रसाद कोइरालाको सालिकमा माल्यार्पण गरेका छन् । पुष्पलाल कम्यूनिष्ठ पार्टीको सूत्रधार तथा जन्मदाता हुन् भने कोइराला प्रजातन्त्र प्राप्तिका लागि राणा शासनविरुद्ध आन्दोलन गर्ने अगुवा हुन् । उनी वीपी कोइराला र गिरिजाप्रसाद कोइरालाका पिताजी हुन् । प्रदेश प्रमुख कार्यालय विराटनगरमा सपथ ग्रहण कार्यक्रम सकिए लगत्तै मुख्यमन्त्रीले बरगाछी चौकमा रहेको कृष्णप्रसाद कोइराला र पुष्पलाल चौकमा रहेको पुष्पलाल श्रेष्ठको सालिकमा माल्यार्पण गरेका थिए । कोशी प्रदेशमा कांग्रेसले पहिलो पटक नेतृत्व लिएपछि मुख्यमन्त्री थापाले प्रजातान्त्रिक आन्दोलनका दुवै नेतालाई स्मरण गरेका हुन । प्रजातन्त्र ल्याउन दुवैको महत्वपूर्ण भूमिका रहेको स्मरण गर्दै थापाले भने, ‘दुवै नेताप्रति उच्च सम्मान र सदभाव छ ।’ जुन पार्टीले प्रदेशको नेतृत्व लिन्छ त्यही पार्टीका सम्मानित नेताको मात्र स्मरण गर्दै माल्यार्पण गर्ने विगतको प्रचलनलाई नवनियुक्त मुख्यमन्त्री थापाले क्रमभगं गरेर सवै नेताको सम्मान गरेका हुन् । थापाले माल्यार्पण सकेर मात्र मुख्यमन्त्रीको पदभार ग्रहण गरेका थिए । त्यसपछि मन्त्रिपरिषदको बैठक गरेका थिए । मुख्यमन्त्री थापासहित गठबन्धन दलका तर्फबाट माओवादी केन्द्रबाट आर्थिक मामिला तथा योजना मन्त्री बनेका बाबुराम गौतम, काग्रेसबाट सिचाई उर्जामन्त्री बनेका प्रदिप सुनवार र नेकपा एकीकृत समाजवादीबाट भौतिक पूर्वाधार मन्त्री बनेका कमल जवेगुले पनि माल्यार्पण गरेका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार