काठमाडौँ । नेपालमा डेंगु संक्रमितको संख्या ७ हजारभन्दा बढी पुगेको छ । सुनसरीमा सबैभन्दा बढी संक्रमित पाइएका छन् ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हालसम्म कुल ७ हजार २५३ जना संक्रमित भइसकेका छन् ।
३० जुलाईसम्म सुनसरीमा ३ हजार ४८६ वटा डेंगीका केस रहेकोमा ४ दिनको अन्तरालमा १ हजार थप भएका हुन् ।
सुनसरीमा हाल ४ हजार ६७९ जना संक्रमित भइसकेका छन् । त्यसैगरी धादिङमा ८२९, काठमाडौँमा ११९, दार्चुलामा १९१ र कास्कीमा २१४ वटा संक्रमित भेटिएको छ ।
संक्रमित सबैभन्दा धेरै कोशी प्रदेशमा देखिएको छ । कोशीमा ५ हजार १०१ जनामा डेंगी संक्रमण भइसकेको जनाइएको छ ।
वाग्मती प्रदेशमा ११७१, गण्डकी प्रदेशमा ३८९ र सुदूरपश्चिम प्रदेशमा ३४२ जना, लुम्बिनी प्रदेशमा १९१, मधेश प्रदेशमा ३२ र कर्णाली प्रदेशमा २७ जना संक्रमित भइसकेका छन् ।
हालसम्म ७० जिल्लामा डेंगु पुष्टि भइसकेको छ । ईडीसीडीले डेंगीबाट हाल ७ जनाको मृत्यु भएको पुष्टि गरेको छ ।
मृतक ६ जना सुनसरीका हुन् । एकजना उदयपुरका हुन् ।
प्रतिक्रिया