जनता क्याम्पसको निर्वाचन सम्पन्न

शनिबार, २० साउन २०८०

इटहरी : इटहरीस्थित जनता बहुमुखी क्याम्पसको सञ्चालक समितिको आज (शनिबार) भएको निर्वाचनमा १३ जना निर्वाचित भएका छन् । १३ पदका लागि ३२ जना प्रतिस्पर्धामा थिए । कूल ७३० मतदातामध्ये ६०४ मत खसेको थियो । जसमध्ये शेखर लुइँटेए ४०८ मत प्राप्त गर्दै पहिलो स्थान प्राप्त गरे ।

यस्तै, कुलबहादुर कार्की (राजकुमार) ३९९ मत, विकल रेग्मी  ३६५ मत, विकास केसि ३५२ मत, अम्बिका श्रेष्ठ ३४६ मत, तीर्थराज पराजुली ३४१ मत, युगप्रिय निरौलाले ३३६ मत प्राप्त गरे । यसैगरी ईश्वर भट्टराई २९६  मत, गङ्गा प्रसाद भट्टराई ३०३ मत, शिवराज दाहाल २९९ मत, उर्मिलादेवी कटवाल २८२ मत, दिनेशकुमार भट्टराई २७२ मत र रेवतीप्रसाद घिमिरेले २७१ मत प्राप्त गरे ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार