झापामा डुबेर दुई बालबालिकाको मृत्यु

शुक्रबार, २६ साउन २०८०
झापा । झापाको कनकाई नगरपालिका १ स्थित दुर्गापुरमा रहेको सिर्जना टोलका दुई बालबालिकाको डुबेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्र रिजालका अनुसर विजय भुजेलकी ४ वर्षीया छोरी वर्षीया निशा र सोही ठाउँका देवीमाया जोगीका तीन वर्षीय छोरा कुमारको बिहीबार डुबेर मृत्यु भएको हो । घरनजिकै रहेको बेघे खोलामा उनीहरु डुबेको देखेपछि स्थानीयले तत्काल उद्धार गर्दै अस्पताल पु¥याइएको थियो । उनीहरु मध्ये एक जनाको अस्पताल पु¥याउनु अघि नै मृत्यु भइसकेको र एक जनाको बिर्तामोडस्थित पूर्ण टुङ्ग अस्पताल बिर्तामोडमा मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायवउपरीक्षक सुरज कार्कीले बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार