राज्यले उद्यमी महिलाहरुलाई अभिप्रेरित गर्नुपर्छ: अर्थमन्त्री

शुक्रबार, २६ साउन २०८०
काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले राज्यले उद्यमी महिलाहरुलाई अभिप्रेरित गर्नु पर्ने बताएका छन् । काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा अर्थमन्त्री महतले महिलाहरुको आत्मविश्वासलाई बढाएर लानु पर्ने बताए । उनले भने ‘राज्यले यसलाई प्राथमिकताका साथ अभिपे्ररित गर्नुपर्छ । महिलाहरुको निरन्तर समर्पणका साथ लागिरहने स्वभाव हुन्छ । त्यो कारणले पनि यो सफल हुन्छ । उद्यमी महिला दिदीबहिनीहरुलाई अगाडि बढाउनु पर्छ ।’ मन्त्री महतले हरेक क्षेत्रमा महिलाको उत्तरदायी भूमिका रहेको भन्दै सीपको विकासमा जोड दिन आवश्यक रहेको बताएका छन् । महिलाहरुलाई आवश्यक परेको खण्डमा सहयोग गर्न सरकार तत्पर रहेको उनको भनाइ थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार