निर्वाचित सांसदहरुले सपथ ग्रहण गरेसँगै अब सरकार बनाउने रस्साकस्सी सुरु भएको छ । कुनै पनि दलको बहुमत नपुग्ने हुदा जसले सरकार बनाए पनि एकअर्काको भर पर्नुको विकल्प छैन । साना पार्टीहरु पनि सोही मौकाको फाइदा हेरिरहेका छन् । जसको नेतृत्वमा सरकार बने पनि आफ्ना मुद्दा र आफुले चाहेको मन्त्रालय दिनुपर्ने अडान उनीहरुले राख्दै आएका छन् ।
निर्वाचनको परिण पुर्णरुपमा आइनसक्दै एमालेसँगको सहकार्य समाप्त भएको बताएका जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले सरकारमा सहभागी हुने या नहुने भन्ने विषय पार्टीको प्राथमिकतामा नपरेको बताएका छन् ।
सरकार गठनबारे पार्टीको आधिकारिक धारण सार्वजनिक गर्दै प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले सरकारमा जानुपर्ने बाध्यात्मक वा परिस्थितीजन्य अबस्थामा बाहेक कुनै पनि राजनीतिक समीकरण बनाउने वा भत्काउने खेलमा पार्टी नलाग्ने बताए ।
पार्टी अध्यक्ष उपेन्द्र यादवले एमाले अध्यक्ष केपी ओलीलाई भेटेपछि पार्टीको यो धारणा सार्वजनिक गरेका हुन् । जनताले दिएको म्याण्डेट अनुसारको भूमिकामा रहेर पार्टी अगाडि बढ्ने जसपाको तयारी रहेको छ ।
Discussion about this post