कटुवाल बने कोशी प्रदेशको मुख्य न्यायाधिवक्ता

सोमबार, २९ साउन २०८०
विराटनगर । कानुन व्यवसायी अधिवक्ता बुद्धिबहादुर कटुवाल कोशी प्रदेशको मुख्य न्यायाधिवक्ता नियुक्त भएका छन् । मुख्यमन्त्री उद्धव थापाको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले कटुवाललाई सोमबार मुख्यन्यायाधिवक्ता नियुक्त गरेका हुन् । उनलाई सोमबारै उच्च अदालत विराटनगरका कायममुकायम मुख्य न्यायाधीश सत्यमोहन जोशी थारूले पद तथा गोपनियताको शपथ ग्रहण गराउने कार्यक्रम रहेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता नरेन्द्र श्रेष्ठले बताए । सुनसरीको बराहक्षेत्र नगरपालिका–३ का अधिवक्ता कटुवाल कांग्रेसको महाधिवेशन प्रतिनिधि समेत थिए । पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्कीको सिफारिसमा मुख्यन्यायाधिवक्ता नियुक्त भएका गजेन्द्र आचार्यले प्रदेश प्रमुख खापुङसमक्ष असार २२ गते पदबाट राजीनामा दिएका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार