भाइरल बालक सचिन परियार अस्पतालमा भर्ना, उपचारमा आर्थिक अभाव

शुक्रबार, ०८ पुस २०७९
एक समय निकै भाइरल बनेका बालक सचिन परियार अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि परियारलाई अस्पताल भर्ना गरिएको हो । बुधबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका उनको स्वास्थ्यमा सुधार आउन सकेको छैन । अवस्था चिन्ताजनक बन्दै गएको गायक कमल सरगमले जानकारी दिएका छन् । सचिनले चर्चित हास्य टीभी श्रृंखला ‘मेरी बास्सै’ र अभिनेता राजेश हमालसँग केही सांगीतिक भिडियोमा समेत अभिनय गरेका छन् । सरगमले फेसबुकमा तस्वीरसहितको सूचना पोस्ट गर्दै खर्च अभावमा सचिनको उपचार राम्रोसँग हुन नसकेको र उनी बोल्न सक्ने अवस्थामा नरहेको बताएका छन्  । विभिन्न युट्युबमा अन्तर्वार्ता दिएर भाइरल  बनेका सचिनको उपचार खर्च जुटाउन ईशा फाउण्डेसन लगायतले पहल गरिरहेको पनि कमलले जानकारी दिएका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार