‘द भ्वाइस अफ नेपालको ४’ को उपाधि टिम राजुका करण राईलाई

शुक्रबार, ०८ पुस २०७९
टेलिभिजन रियालिटी शो ‘द भ्वाइस अफ नेपालको’को चौथो सिजनको उपाधि टिम राजुबाट करण राईले जितेका छन् । टिम प्रमोद प्रमोदका योगेश मगर, टिम राजेशकी सविना योङहाङ, टिम प्रविशाका शाइल लिम्बू लाई पछि पार्दै टिम राजुका करण राई ‘द भ्वाइस अफ नेपालको’चौथो बिजेता बनेका हुन् । ‘द भ्वाइस अफ नेपालको’को चौथो सिजनमा टिम प्रविशाका शाइल लिम्बूले चौथो स्थान हासिल गर्न सफल भए भने टिम प्रमोद प्रमोदका योगेश मगर तेस्रो बने । यसै गरी टिम राजेशकी सविना योङहाङ दोस्रो बन्दा टिम राजुका करण राई ‘द भ्वाइस अफ नेपालको’चौथो बिजेता बनेका हुन् । दर्शकको भोटको आधारमा विजेता छनोट गरिएको थियो । डेढ महिनाअघिदेखि सुरु भएको चौथो सिजनमा ४२ हजार जनाको आवेदनबाट १२० हुँदै छानिएका ६४ जनाले डिजिटल अडिसन दिएका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार