प्रतिपक्षीद्वारा संसदीय व्यवस्थामै नकारात्मक सन्देश प्रवाहः आङ्बो

सोमबार, ०४ भदौ २०८०
विराटनगर । नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले जिम्मेवार प्रमुख प्रतिपक्षीले संसदीय व्यवस्थामै नकारात्मक सन्देश प्रवाह गरेको आरोप लगाएका छन् । प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले रातारात उपसभामुखलाई बिरामी बनाइएको आरोप पनि लगाए । विश्वासको मत लिने दिन ९ जना माननीयलाई एक्कासि बिदामा राख्ने काम भएको अनि उपसभामुखलाई रातारात बिरामी बनाइएको उनले आरोप लगाए । बिरामी उपसभामुख आफैं हिँडेर जहाजमा चढेको भन्दै उनले ब्यंग्य पनि गरे । निकास खोज्न सकारात्मक हिसाबले वार्ता गरिएको भएपनि जिम्मेवार प्रतिपक्षीले धोका दिएको उनले बताए । पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्कीप्रति लक्षित गर्दै आङ्बाले आफ्नै नेतृत्वमा सरकार बन्दा मात्रै सहमति हुने अनि अरुको नेतृत्वमा बन्दा नहुने भनेर प्रश्न गरे । ‘षडयन्त्रमूलक काम जिम्मेवारपूर्ण राजनीतिक दलबाट कसैले अपेक्षा नगर्ने भन्दै उनले आलोचना गरेका थिए । व्यवस्थाप्रति नै वितृष्णा पैदा हुने असंसदीय खालका गतिविधि र क्रियाकलाप भइरहनु सुखद् नभएको उनले बताए । त्रुटि र कमजोरीलाई शिक्षाका रुपमा लिएर प्रदेशलाई सहमतिमा फर्काउनुपर्ने आवश्यकता रहेको आङ्बो बताउँछन् । माओवादीले मुख्यमन्त्री थापालाई विश्वासको मत दिने उनले बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार