इटहरी : इटहरीलाई केन्द्र बनाएर लामो समयदेखि वैकल्पिक राजनीतिको खोज र अध्ययन गर्दै आएका मोहन तिम्सिनाको नेतृत्वमा वैकल्पिक राजनीतिको नेपाली मार्गचित्रबारे विशेष विमर्श कार्यक्रम सम्पन्न भएको छ।
सङ्गीत साधन प्रतिष्ठान इटहरीमा शनिवार सम्पन्न कार्यक्रममा राजनीतिक स्थायित्व र समृद्धिका लागि जैविक दर्शनको व्यावहारिक स्वीकारोत्तिको आवश्यकता, मौलिक परम्परा र नवीनतम प्रविधिको संयोजन, साथै सङ्घीय नेपालको पुनःसंरचनाबारे विचार प्रस्तुत गरियो।
कार्यक्रममा निर्मल बराल, अमर इजम, टीका आत्रेय वक्ताका रूपमा रहेका थिए भने सहजकर्ताको भूमिका रामप्रसाद खरेलले निर्वाह गरेका थिए।
विमर्शमा नेपालमा सङ्घीय वैकल्पिक राजनीति र जैविक विविधताको कुरा, राजनीतिक प्रक्रियामा द्वन्द्वभन्दा सहकार्य, निषेधभन्दा सहअस्तित्व, र गतिशील सन्तुलनमा आधारित नीति अपनाउने तथा जैविक दर्शनलाई राजनीतिक दलहरूले आफ्नो मार्गचित्र निर्माणमा प्रयोग गर्न सक्नेबारे छलफल गरियो।
कार्यक्रममा सहभागीहरूले लेखक तिम्सिनालाई वैकल्पिक राजनीतिको मूलधारमा आफ्नो अध्ययन र प्रयास सफलतापूर्वक स्थापित गर्नका लागि शुभकामना व्यक्त गरेका थिए।
प्रतिक्रिया