उपसभामुखको अनुपस्थिति मूल्यांकन हुनेछः कार्की

सोमबार, ०४ भदौ २०८०
विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका उपनेता हिमाल कार्कीले प्रदेशसभा बैठक सञ्चालनका लागि उपसभामुख प्रदेश सभामा सिर्जना दनुवार अनुपस्थित रहनु अस्वाभाविक रहेको बताएका छन् । प्रदेश सभा बैठकमा सोमबार बोल्दै उनले यस्तो बताएका हुन् । मुख्यमन्त्री उद्धव थापालाई विश्वासको मत माग्दै कार्कीले भने, ‘उपसभामुखको अनुपस्थितिलाई समयले मूल्यांकन गर्नेछ ।’ आफैंले बोलाएको बैठकमा आफैं उपस्थित नहुनु उपसभामुखको असंसदीय अभ्यास भएको उनले टिप्पणी गरे । जिम्मेवार राजनीतिक दलकै व्यवहारका कारण संसदीय व्यवस्थाप्रति नकारात्मक सन्देश प्रवाह भइरहेको कार्कीले बताए । उनले मुख्यमन्त्री थापालाई विश्वासको मत दिन प्रतिपक्षी एमाले, राप्रपासहितका दलका प्रदेशसभा सदस्यलाई आग्रहसमेत गरे ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार