प्रदेश सभामा मत विभाजन प्रक्रिया सुरु

सोमबार, ०४ भदौ २०८०
विराटनगर । कोशी प्रदेशको प्रदेशसभामा मुख्यमन्त्री उद्धव थापाले राखेको विश्वासको मतको पक्ष र विपक्षमा प्रदेशसभा सदस्यबीच मत विभाजन प्रक्रिया सुरु भएको छ । पक्ष र विपक्षमा मतदान गर्नका लागि अलगअलग व्यवस्था मिलाइएको छ । तटस्थ मतदानको व्यवस्था पनि गरिएको सभाध्यक्ष इस्राइल मन्सुरीले जानकारी दिए । मत विभाजन अवधिभरका लागि प्रदेशसभाभित्रका सबै ढोका बन्द गरिएका छन् । मत विभाजन नसकिएसम्म प्रदेशसभा सदस्यले बाहिर, भित्र गर्न पाउने छैनन् । मत विभाजन सकिएपछि त्यसको परिणाम प्रदेशसभामा सुनाइनेछ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार