मुख्यमन्त्री थापाले पाए विश्वासको मत

सोमबार, ०४ भदौ २०८०
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेश सभाबाट सोमबार विश्वासको मत प्राप्त गरेका छन् । उनले प्रस्तुत गरेको विश्वासको मतको प्रस्तावको पक्षमा ४७ जना सभासदले समर्थन जनाएका थिए । विश्वासको मतसम्बन्धी प्रस्तावलाई सभाध्यक्ष इस्राइल मन्सुरीसहित गरी ४७ सांसदले समर्थन गरेका थिए । उक्त प्रस्तावको विपक्षमा ३० जनाको मत परेको थियो । ९३ सदस्यीय प्रदेश सभामा विश्वासको मतका लागि ४७ जनाको समर्थन आवश्यक पर्छ । विपक्षी दल एमालेले विश्वासको मत लिने क्रममा सत्ता गठबन्धनले धाँधली गरेको आरोप लगाउँदै त्यसलाई अस्वीकार गर्ने बताएको छ । उपसभामुखको अनुपस्थितिमा सोमबारको बैठकको अध्यक्षता गरेका इस्राइल मन्सुरीले मतदानका क्रममा सांसद गीता तिम्सिनालाई अध्यक्षता गर्न बोलाएपछि संसदमा नाराबाजीसँगै विरोध भएको थियो । उनले तिम्सिनालाई अध्यक्षता गर्न दिएर थापाको पक्षमा अत दिएका थिए । त्यस क्रममा विपक्षी सांसदहरुले विरोध गरेका थिए । नाराबाजीका बीच फेरि अध्यक्षता गर्दै मन्सुरीले मुख्यमन्त्री थापाले प्रदेशसभाको विश्वासको मत पाएको घोषणा गरेका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार