देशभर ९२ प्रतिशत रोपाइँ

मंगलबार, ०५ भदौ २०८०
काठमाडौं । साउन महिना सकिँदा देशभर सरदर ९२ प्रतिशत रोपाइँ भएको छ । कोशी प्रदेशमा ९७ प्रतिशत रोपाइँ भएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अनुसार गत वर्षको तुलनामा यसपालि ३ प्रतिशत कम धान रोपाइँ भएको छ । मन्त्रालयका सहप्रवक्ता तपेन्द्रबहादुर बोहराका अनुसार प्रदेशगत रुपमा कोशीमा ९७ प्रतिशत, मधेसमा ८२ प्रतिशत, बाग्मतीमा ९३ प्रतिशत, गण्डकीमा ९४ प्रतिशत, लुम्बिनीमा ९५ प्रतिशत, कर्णाली र सुदूरपश्चिममा सबैभन्दा धेरै ९९ प्रतिशत रोपाइँ भएको छ । गत वर्ष देशभर ९५ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको थियो । यस वर्ष मनसुनले साथ नदिएको र लम्पी स्किन रोगका कारण गोरु सङ्क्रमित हुँदा रोपाइँको काम प्रभावित भएको जनाइएको छ । त्यही कारण यसपालि धानको उत्पादन घट्ने अनुमान छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार