इटहरी । धरानमा आयोजना हुने भनिएको र्यालीमा सहभागी हुन विभिन्न स्थानबाट आइरहेका हिन्दु धर्मावलम्बी संस्थाका प्रतिनिधिहरुलार्य धरान प्रवेश गर्नबाट रोकिएको छ ।
र्याली हुन नदिन प्रशासनले धरान नगरलाई सिल गरेको छ । नगर प्रवेश गर्ने नाकाहरुमा ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको छ ।
गोहत्याको विरोधमा हुन लागेको हिन्दू र्यालीामा घुसपैठ हुन सक्ने र तनावपूर्ण स्थिति उत्पन्न हुन सक्ने कुरालाई ध्यान दिंदै कडाइ गरिएको हो ।
सुनसरी प्रशासनले धरानमा निषेधाज्ञा जारी गरेको छ ।
निषेधाज्ञा जारी भए पनि र्याली गर्ने भनेर झापा, उदयपुर, सप्तरी, धनकुटा, मोरङलगायत जिल्लाबाट सहभागीहरु आउन खोजिरहेका छन् ।
उनीहरुलाई प्रहरीले बाटामै रोकेको छ । प्रदर्शनकारीले रोकिएकै स्थानमा प्रदर्शन गर्दै गोहत्याको विरोध गरिरहेका छन् ।
प्रतिक्रिया