किसानको सेवाका लागि निःशुल्क पशु प्राविधिक

आइतबार, १० भदौ २०८०
इलाम । इलामको देउमाई नगरपालिका ४ ले किसानका लागि दुईजना पशु प्राविधिक खटाएको छ । पशुको कृत्रिम गर्भाधारणका लागि वडाकै बजेटबाट दुईजना पशु प्राविधिक खटाइएको हो । यस वर्ष लम्पी स्किन महामारीबाट धेरै किसानका गाई वस्तु मरेको तथा बिरामी परेका कारण उनीहरुलाई राहत स्वरुप प्राविधिक कर्मचारी खटाइएको वडाध्यक्ष भिमलाल खनालले बताए । उनले नश्ल सुरधारमा समेत किसानलाई यस कार्यक्रमले राहत मिल्ने बिश्वास लिएका छन् । संक्रमणले किसानका गोरु बिरामी परेको तथा मरेका कारण पनि किसानलाई पशुमा गर्भाधारण गर्न समस्या हुँदै आएको थियो । यो कार्यक्रमले किसानलाई समेत राहत मिलेको छ । गाई तथा भैँसीको कृत्रिम गर्भाधारणमा किसानले कुनै प्राविधिक बापतको रकम तिर्नु पर्दैन । यस कार्यक्रमले किसानले राहत पाएको महसुस गरे यसलाई निरन्तरता दिइने वडाध्यक्ष खनालले बताए । यस वडाका याक्सी, मझुवा, धुसेनीको माथिल्लो क्षेत्रमा वढी पशुपालन हुँदै आएको छ । किसानमैत्री काम गर्न वडा तथा पालिकाले लाग्नु पर्ने भएकाले पनि सो कार्यक्रमको सुरुवात गरिएको वडा कार्यालयले जनाएको छ । कृषिसँगै स्वास्थ्य, शिक्षा, सडक, पर्यटन लगायतका क्षेत्रमा समेत वडाले थप नयाँ कार्यक्रम ल्याउने तयारी भइरहेको बताइएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार