मोरङको सुनवर्षीमा युवकद्वारा शरीरमा आगो लगाएर आत्मदाह प्रयास

सोमबार, ११ भदौ २०८०
विराटनगर । मोरङको सुनवर्षीमा एकजना युवकले सोमबार पेट्रोल छर्किएर शरीरमा आगो लगाउँदै आत्मदाहको प्रयास गरेका छन् । झापाको गौरादह नगरपालिका–६ घर भएका अन्दाजी २० वर्षीय अभिषेक सिंहले पेट्रोल छर्किएर आफ्नै शरीरमा आगो लगाएको प्रहरीले जनाएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार सिंहले उक्त पालिको वडा ९ स्थित आदर्श माध्यमिक विद्यालयनजिक शरीरमा पेट्रोल छर्किएर आफैंले आगो लगाएका थिए । उनको शरीरमा लागेको आगो निभाएर गाउँलेले सिंहलाई उद्धार गर्दै उपचारका लागि रंगेली अस्पताल पुर्याएका थिए । आगोले सिंहको छाती, हात, खुट्टालगायत शरीरका विभिन्न भाग जलेको छ । प्रहरीका अनुसार थप उपचारका लागि उनलाई आफन्तले विराटनगर ल्याएका छन् । सुनवर्षी–९ माझी गाउँमा रहेको आफ्ना मामा हजारीलाल सिंहको घरमा आएका उनले दिउँसो शरीरमा आगो लगाएको जनाइएको छ । उनले आत्मदाह प्रयास गर्नुको कारण खुलिसकेको छैन । रंगेलीस्थित इलाका प्रहरी कार्यालयका इन्सपेक्टर बुद्धि चौलागाईं नेतृत्वको टोलीले घटनाबारे अनुसन्धान सुरु गरेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार