कोशी प्रदेशको सुरक्षा सम्बन्धी छलफल हुँदै

सोमबार, ०८ असोज २०८०
विराटनगर । कोशी प्रदेशका ६ जिल्लाको सुरक्षासम्बन्धी छलफल कार्यक्रम आज विराटनगरमा हुँदै छ । बिग होटेलमा हुने बैठकमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित गृह सचिव र तीनवटै सुरक्षा निकायका प्रमुख  विराटनगर आइपुगेका छन् । कोशीमा देखिएको शान्ति सुरक्षाको चुनौती र त्यहाँ देखिएका समस्याहरूको पहिचानका लागि गृहमन्त्री श्रेष्ठ, नेपाल प्रहरीका आइजिपी बसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी आइजिपी राजु अर्याल, राष्ट्रिय अनुसन्धानका विभागका प्रमुख र सांसदसहितले बैठकमा ब्रिफिङ लिने प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कोशी प्रदेशको ६ जिल्लाका प्रमुखले जिल्लागत सुरक्षा अवस्थाबारे ब्रिफिङ गर्नेछन् । छलफलमा इलाम, झापा, धनकुटा, उदयपुर, सुनसरी र मोरङका प्रमुख जिल्ला अधिकारीहरूले जिल्लागत सुरक्षा अवस्थाबारेमा गृहमन्त्रीसहित सुरक्षा निकायका प्रमुखहरू समक्ष ब्रिफिङ गर्ने कार्यतालिका छ । जिल्लागत रुपमा सुरक्षा अवस्था प्रस्तुत गरेपछि तीनवटै सुरक्षा निकायका कोशी प्रदेशका प्रमुखहरुले त्यसपछि ब्रिफिङ्ग गर्ने कार्यसूचि तोकिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार