‘आम जनता पार्टी’ घोषणा गर्दै प्रभु साह

विहीबार, १४ पुस २०७९
रौतहट क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य प्रभु साहले पार्टी घोषणा गर्ने भएका छन् । साह निकट एक नेताकाअनुसार साहले ‘आम जनता पार्टी’ घोषणा गर्ने भएका हुन् । उनका अनुसार काठमाडौंको कोटेश्वरस्थि तपोवन पार्टी प्यालेसमा साहको नेतृत्वमा आम जनता पार्टी घोषणा हुने भएको हो । सो पार्टीमा प्रभु समूहबाट किरण साह र सर्लाहीबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गरिरहेका अमरेशकुमार सिंह समेत जोडिने बताइएको छ । नेकपा एमाले छाडेर रौतहट क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उमेद्धारी दिएका साह प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए । साहले पार्टी गठन गरेपछि अग्रगामी शक्तिहरुसँग एकताका लागि सम्वाद गर्ने समेत बताएका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार