एमाले कोशी प्रदेशको सचेतकमा दर्नाल नियुक्त

मंगलबार, ०९ असोज २०८०
विराटनगर । नेकपा (एमाले) ले कोशी प्रदेश संसदीय दलको सचेतकमा कमला दर्नाललाई नियुक्त गरेको छ । दर्नाल तेह्रथुमकी समानुपातिक सांसद हुन् । मुख्यमन्त्री तथा संसदीय दलका नेता हिक्मतकुमार कार्कीको निर्णयअनुसार दर्नाललाई सचेतकमा नियुक्त गरिएको एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए । यसअघि सचेतकमा नियुक्त सिर्जना राई एमालेको तर्फबाट राज्यमन्त्रीमा नियुक्त भएपछि उक्त पद खाली थियो । उनको स्थानमा दर्नाललाई ल्याइएको हो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार