पाथीभरा सडक निर्माण चाँडो सक्न निर्देशन

मंगलबार, ०९ असोज २०८०
विराटनगर । पाथीभरा सडक निर्माणमा भएको ठेकदारको निस्क्रियता सम्बन्धमा सडक विभागका महानिर्देशकसँग पाथिभरा विकास समितिका पदाधिकारीले छलफल गरेका छन् । त्यस क्रममा सडक विभागले ठेकेदारलाई बुधबार हाजिर हुन निर्देशन दिएको समितिले जनाएको छ । काम चाँडो सक्न निर्देशन दिइने भएको छ । पाथीभरा तीर्थयात्रा सिजन शुरु भएकाले तत्कालै सडक मर्मत गर्ने सम्वन्धमा पनि छलफल भएको समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले बताए । छलफलमा पाथीभरा क्षेत्र विकास समितिका सदस्य पृथ्वीमान पालुंवा, सडक विभागका प्रतिनिधिलगायतको उपस्थिति थियो । बुधबार पाथीभरा सडकका ठेकदारका साथै बहानन्दे दोभान सडकको ठेकदार समेत राखेर यी दुवै सडकको बारेमा छलफल हुने समितिले जनाएको छ । उक्त छलफलमा सांसद योगेश भट्टराईको संयोजनमा ताप्लेजुङका सांसदहरु लिलादेवी बोखिम र उर्मिला थेबेको समेत सहभागिता रहने जनाइएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार