एमाले कोशी प्रदेश अधिवेशन भोलिदेखि, ओलीले उद्घाटन गर्ने

विहीबार, ११ असोज २०८०
विराटनगर । नेकपा (एमाले) को कोशी प्रदेश प्रथम अधिवेशनको तयारी पूरा भएको छ । अधिवेशन आयोजक मूल समितिले विराटनगरमा पत्रकार सम्मेलन गरी तयारीबारे जानकारी गराएको हो । पार्टीको प्रदेश कमिटी अध्यक्ष तुलसीप्रसाद न्यौपानेले मनोनीत बाहेकका प्रतिनिधि छनोटको कार्य पूरा भएको बताए । भोलि शुक्रबार उदघाटन हुने अधिवेशन दुई दिनसम्म सञ्चालन हुनेछ । अधिवेशनको उदघाटन अध्यक्ष केपी शर्मा ओलीले गर्ने न्यौपानेले बताए । अधिवेशनमा १३७ पालिका, २३ जनवर्गीय संगठन, दलित, मजदुर समेत गरी १०४७ प्रतिनिधि र पर्यवेक्षक सहभागी हुने जनाइएको छ । अधिवेशनले पार्टीको आन्तरिक जीवन व्यवस्थित गर्ने र मुलुकको समस्या समाधान पहल गर्ने पार्टीका प्रदेश इन्चार्ज रघुवीर महासेठले बताए ।‌ अधिवेशन सम्पन्न गर्न मूल व्यवस्थापन समिति, अनुगमन निर्देशन समिति र १२ वटा उपसमिति बनाइएको छ । अधिवेशन लागि ९९७ प्रतिनिधि चयन भए पनि त्यसको पांच प्रतिशत प्रतिनिधि चयन हुन सकेको छैन । प्रदेश अधिवेशनबाट पाँच पदाधिकारीसहित २१५ सदस्यीय कमिटी चयन गरिने जनाइएको छ । प्रचार उपसमिति संयोजक शैलेश लामाले अधिवेशनले राजनीतिक वृत्तमा एक खालको सन्देश प्रवाह गर्ने बताए ।‌ पत्रकार सम्मेलनमा स्थायी कमिटी सदस्य भीम आचार्य, अग्नी खरेल, राजेन्द्र गौतम, शिवमाया तुम्बाहाम्फे लगायत नेताहरुको सहमागिता थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार