कोशी प्रदेश सरकारले उच्चस्तरीय प्रशासन सुधार कार्यदलको प्रतिवेदन सार्वजनिक गर्ने

विहीबार, ११ असोज २०८०
विराटनगर । कोशी प्रदेश मन्त्रिपरिषद्को बिहीबार बसको बैठकले विभिन्न निर्णयहरु गरेको छ । उच्चस्तरीय प्रशासन सुधार कार्यदलको प्रतिवेदन २०८० सार्वजनिक गर्ने निर्णय पनि बैठकले गरेको छ । बैठकले झापाको अर्जुनधारा नगरपालिका र अमेरिकाको टेक्सास बीच भगिनी सम्बन्ध कायम गर्न नेपाल सरकारको पूर्व स्वीकृति लिन सिफारिस गर्ने निर्णय गरेको छ । यसैगरी कृषि आयमा लगाउँदै आएको कर प्रदेश सञ्चितकोषमा दाखिला गर्ने व्यवस्थाको लागि नेपाल सरकार, अर्थमन्त्रालयलाई अनुरोध गर्ने निर्णय भएको जनाइएको छ । बैठकमा प्रदेश सामयिक कर असुल सम्बन्धी विधेयकको मस्यौदा गर्न सैद्धान्तिक स्वीकृति लिने निर्णय भएको सरकारले जनाएको छ । यसैगरी, सरकारको प्रवक्तामा आन्तरिक मामिला तथा कानून मन्त्रीलाई तोक्ने निर्णय भएको छ । असोज १२ गते करम धर्म पर्वको उपलक्ष्यमा कोशी प्रदेशमा उराव तथा झाँगड समुदायलाई सार्वजनिक विदा दिने निर्णय भएको जनाइएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार