इटहरी । विवेकशील साझा पार्टीको कोशी प्रदेश प्रथम अधिवेशनको तयारी पूरा भएको छ।
शनिवार असोज १३ गते इटहरीमा हुनलागेको प्रदेश अधिवेशनको नारा ‘पहिचानको सम्मान, सहिष्णुताको संबर्धन’ रहेको छ।
मिडिया ब्यबस्थापन समितिका संयोजक चिरञ्जीवी रेग्मीका अनुसार प्रदेश अधिवेशन तयारीका लागि विभिन्न समिति तथा उपसमितिले काम पूरा गरेका छन्।
अधिवेशनले प्रादेशिक रणनीति, कार्यक्रम तथा नयाँ नेतृत्व समेत चयन गर्ने छ।
गत माघमा विवेकशील साझा पार्टीको संघीय अधिवेशन सम्पन्न भएसँगै पार्टीले संस्थागत स्वरुप कायम गर्दै अघि बढिरहेको जनाइएको छ।
पार्टीले हालेै वागमती प्रादेशिक अधिवेशन सम्पन्न गरेको थियो ।
प्रतिक्रिया